काठमाडौं।
नेपालमा डिजिटल उपस्थितिको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ। साना व्यवसाय, स्टार्टअप, फ्रीलान्सर, विद्यालय, रेस्टुरेन्टदेखि व्यक्तिगत पोर्टफोलियोसम्म आफ्नै वेबसाइटको आवश्यकता महसुस भइरहेका बेला नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै विकसित गरिएको Merosite प्लेटफर्मले वेबसाइट निर्माणलाई अझ सरल बनाउने प्रयास गरेको छ।
परम्परागत रूपमा वेबसाइट बनाउन प्राविधिक ज्ञान, वेब डेभलपर तथा तुलनात्मक रूपमा बढी बजेट आवश्यक पर्ने अवस्था रहँदै आएको छ। तर Merosite ले प्रयोगकर्तालाई कुनै प्रोग्रामिङ ज्ञानबिनै केही मिनेटमै वेबसाइट तयार गर्न सकिने सुविधा उपलब्ध गराएको दाबी गरेको छ।
Merosite मा विभिन्न व्यवसाय तथा प्रयोगका उद्देश्यअनुसार तयार पारिएका वेबसाइट टेम्प्लेटहरू उपलब्ध छन्। प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार टेम्प्लेट छनोट गरी सामग्री, तस्वीर, सम्पर्क विवरण तथा अन्य जानकारी परिवर्तन गरेर छोटो समयमै वेबसाइट सार्वजनिक गर्न सक्छन्।
यसले विशेष गरी साना व्यवसाय, स्थानीय पसल, रेस्टुरेन्ट, कन्सल्टेन्सी, सेवा प्रदायक, व्यक्तिगत ब्रान्ड तथा नयाँ उद्यम सुरु गर्नेहरूलाई लक्षित गरेको देखिन्छ।
प्लेटफर्मको अर्को उल्लेखनीय पक्ष भनेको प्रयोगकर्ताले आफ्नो डोमेन नाम जोडेर वेबसाइट सञ्चालन गर्न सक्ने सुविधा हो। यसले व्यवसायलाई थप व्यावसायिक पहिचान दिनुका साथै आफ्नै ब्रान्ड नाममा अनलाइन उपस्थित हुन मद्दत पुर्याउँछ।
नयाँ वेबसाइट सुरु गर्न चाहने प्रयोगकर्ताका लागि किफायती मूल्यका विभिन्न योजनाहरू उपलब्ध रहेको जानकारी पनि सार्वजनिक गरिएको छ।

वेबसाइट निर्माणको अनुभव लिन चाहने प्रयोगकर्ताका लागि Merosite ले निःशुल्क (Free) योजना समेत उपलब्ध गराएको छ। यसबाट प्रयोगकर्ताले कुनै प्रारम्भिक लागतबिना प्लेटफर्मको परीक्षण गर्न सक्नेछन्। आवश्यकताअनुसार पछि थप सुविधासहितका सशुल्क योजनामा स्तरोन्नति गर्ने विकल्प पनि रहेको छ।
नेपालमा डिजिटल व्यवसायको विस्तारसँगै आफ्नै वेबसाइटको आवश्यकता पनि बढिरहेको छ। सामाजिक सञ्जालमा मात्र निर्भर रहनुभन्दा आफ्नै वेबसाइटमार्फत व्यवसाय, सेवा तथा सामग्री प्रस्तुत गर्नु दीर्घकालीन रूपमा प्रभावकारी मानिन्छ।
यही सन्दर्भमा वेबसाइट निर्माणलाई सरल, छिटो र सहज बनाउने उद्देश्यसहित विकसित भएका घरेलु डिजिटल समाधानहरूले साना तथा मझौला व्यवसाय, उद्यमी र सिर्जनाकर्तालाई अनलाइन उपस्थित हुन थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।
अनुभबी टेक्नोलोजी प्रा. लि.का संस्थापक तथा प्रमुख प्रविधि अधिकृत (CTO) भक्तराज भट्टले यस प्लेटफर्मबारे जानकारी दिँदै विगत दुई दशकको सूचना प्रविधि क्षेत्रको अनुभव र वर्तमान विश्वव्यापी डिजिटल आवश्यकतालाई ध्यानमा राखी गुणस्तरीय स्वदेशी वेबसाइट निर्माण प्लेटफर्म विकास गरिएको बताए। उनका अनुसार यस प्लेटफर्मले प्राविधिक ज्ञान नभएका प्रयोगकर्तालाई समेत केही मिनेटमै व्यवसायिक वेबसाइट निर्माण गरी आफ्नै डोमेनमा सञ्चालन गर्न सहज बनाउने उद्देश्य राखेको छ।
प्रविधिको पहुँच बढ्दै गइरहेको वर्तमान समयमा Merosite जस्ता नेपाली प्लेटफर्महरूले स्थानीय आवश्यकता बुझेर विकास गरिएका डिजिटल सेवामार्फत देशभित्रको प्रविधि इकोसिस्टमलाई पनि थप मजबुत बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस