आइतबार, १० साउन २०८३

नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

 

एजेन्सी

नेतन्याहुको कार्यालयले जनाएको छ, “प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उनले दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा भाग लिनेछन् ।”
प्रधानमन्त्री नेतन्याहु सोमबार वाशिङ्टन प्रस्थान गर्नेछन्। ट्रम्प गत वर्ष अमेरिकी राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएपछि यी दुई नेताबीच यो छैटौं भेट हुनेछ ।

उनीहरूबीच निकट सम्बन्ध रहेको छ। प्रधानमन्त्री नेतन्याहुले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा इजरायलको ‘सबैभन्दा ठूलो मित्र’ भनेर प्रशंसा गरेका छन् ।

इरान सम्झौताबारेको जटिल वार्ताका क्रममा ट्रम्पले यस वर्ष आफ्ना सहयोगी नेतन्याहुमाथि दबाव बढाएपछि पछिल्ला महिनाहरूमा उनीहरूको यो गठबन्धनमा तनाव देखिएको समाचारहरू आइरहेको समयमा नयाँ कार्यक्रम तय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस