आइतबार, २४ फागुन २०८२

नक्कली लाईसेन्सको आधारमा सरकारी सेवाको लाभ लिने शिक्षक विरुद्ध भ्रष्टाचारको मुद्दा

कञ्चनपुर, साउन ३० ।

कञ्चनपुरमा नक्कली स्थायी अध्यापन अनुमति पत्र (लाईसेन्स) लिने शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

जिल्लाको शुक्लाफाँटा आधारभूत विद्यालयमा कार्यरत शिक्षक मिरा रानाले झुठ्ठा स्थायी अध्यापन अनुमती पत्र लिएर सरकारी सेवाको लाभ र सुविधा लिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Akhtiyar-Durupayog-anusandhan-aayog.jpg

उनले आधारभूत विद्यालयमा प्राथमिक तह राहत अनुदान कोटामा नियुक्ती लिई लाभ तथा सुविधा समेत लिएको देखिएको भन्दै प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

रानालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजायको माग दावी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस