आइतबार, २४ फागुन २०८२

नेपाल न्यूयोर्कमा सार्क बैठक आयोजना गर्दै

काठमाडौँ, असोज ०२ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका परराष्ट्र मन्त्रीहरुको बैठक ११ असोजमा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ।

सार्कको अध्यक्ष राष्ट्र नेपालले बैठकको आयोजना गर्न लागेको हो।

बैठकमा सार्कमा रहेका सातै मुलुकहरु नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सका परराष्ट्र मन्त्रीहरु सहभागी हुनेछन।

भारत र पाकिस्तानबीचको विवादका कारण इस्लामावादका लागि तय गरिएको सार्कको १९औँ सम्मेलन अझै हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस