बाजुरा, साउन १९ गते ।
बाजुराको एक तालमा डुबेर महिलाको मृत्यु भएको छ । जिल्लााको खप्तडछेडेदह गाउँपालिका वडा –७ कठायबाडा बस्ने माने कठायतकी श्रीमती बर्ष ६२ की धरुदेवी कठायतको तालमा डुबेर मृत्यु भएको हो ।
घरमा कोही कसैलाई जानकारी नदिइ निस्केकी धरुदेवि कठायत खप्तडछेडेदह गाउँपालिका –६ स्थित छेडेदह तालमा डुबेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरी चौकी दोगडी बाजुराबाट प्रहरी सहायक निरीक्षक धर्मानन्द पन्तको कमाण्डमा ५ जनाको प्रहरी टोली अहिले घटनास्थलमा पुगे पनि महिलाको शब भने तालदेखि ननिकालेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताउनुभयो ।
उहाँले भन्नभुयो, “डोगडी प्रहरीचौकीबाट आएको सो टोलीले घटनास्थल सुरक्षित पारेको छ । अहिले जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको कमाण्डमा गएको ७ जनाको टोली घटनास्थलमा पुगेपछि मात्र तालदेखि महिलाको शब निकाल्ने भएको छ ।” घटनाबारे प्रहरीले अनुसन्धान गरिहरको सूचना अधिकारी शाहीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस