
जनकपुरधाम । सुनसरीको कप्तानगञ्ज गोलीकाण्डलाई लिएर धनुषाको जनकपुरधाममा प्रदर्शन भइरहेको छ ।
बिहानदेखि जनकपुरधामका मुख्य चोकमा टायर बालेर प्रदर्शन गरिनुको साथै बजार बन्द गराइएको छ । रामानन्द चौक, पीडारी चोकसहितका ठाउँमा टायर बालेर प्रदर्शन भइरहेको छ ।
जनकपुर लगायत आसपासका विभिन्न स्थानबाट बजार क्षेत्र छिरेका प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस