चौधरीले पदीय मर्यादा विपरीत कार्य गरी २ करोड २६ लाख १३ हजार १२३ रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार इन्जिनियर चौधरी सेवामा प्रवेश गरेको मिति २०६५ पुस ११ गतेदेखि २०८१ असार २९ गतेसम्मको जाँच अवधिमा उनको कुल वैधानिक आय २ करोड ७२ लाख ५५ हजार ७६६ रूपैयाँ देखिएको छ । सोही अवधिमा उनको खर्च तथा लगानी (व्यय) भने ४ करोड ९८ लाख ६८ हजार ८८९ रूपैयाँ मात्र छ ।
कुल आयको तुलनामा व्यय बढी देखिएको र सो बढी देखिएको २ करोड २६ लाख १३ हजार १२३ रूपैयाँको वैधानिक स्रोत नखुलेकाले उक्त रकम भ्रष्टाचार गरी आर्जन गरेको अख्तियारको निष्कर्ष छ ।
अवैध रूपमा आर्जन रकम पत्नी अर्पना कुमारीको घर-जग्गा खरिद तथा अन्य क्षेत्रमा लगानी देखिएको भन्दै उक्त सम्पत्ति जफत प्रयोजनका लागि अर्पनालाई पनि प्रतिवादी बनाइएको छ ।
चौधरीविरुद्ध जरिवाना र कैद सजायको मागसहित वास्तविक सम्पत्ति लुकाएको र झूटो विवरण पेस गरेको अभियोगमा थप सजायको दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस