आइतबार, २४ फागुन २०८२

आज मौसम सफा रहने, भोली पश्चिम तराईमा हावाहुरीसंगै बर्षाको सम्भावना

काठमाडौँ, जेठ २५ गते । आज सुदूरपश्चिमका तराईका २ जिल्लामा मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। बिहीवार राती चलेको भीषण हावाहुरीपछि शुक्रवार र शनिवार मौसम सफा रहने महाशाखाले अनुमान गरेको थियो। मौसमविद् रांजु प्रधानाङगका अनुसार शनिवार मौसम सफा रहेपनि भोली भने सबैलाई सजक रहन आग्रह गरे। उनले आईतवार साँझ भने हावाहुरीसंगै बर्षाको सम्भावना रहेको बताए। अहिले पश्चिम नेपालपश्चिमी वायु सक्रिय रहेकोले हावाहुरी चल्न सक्ने उनले बताए। विहिवार साँझ भारतको राजस्थान क्षेत्रको मौसमी प्रभाव नेपालको पश्चिमी भूभागमा देखिएकोले भीषण हावाहुरीमा  चलेको समेत उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस