मङ्गलबार, ०५ साउन २०८३

कैलालीको लम्की बस पार्कमा शंकास्पद वस्तु फेला

कैलाली,वैशाख ५ गते । कैलालीको लम्की बस पार्कमा  शंकास्पद वस्तु फेला परेको छ।  कैलालीको लम्की बस पार्कमा शंकास्पद वस्तु फेला परेको छ। बस पार्क स्थित कर्णाली यातायातको टिकट बुकिङ काउन्टर भित्र शंकास्पद वस्तु भेटिएको हो।रातो कपडाले बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको खबरपछि ईलाका प्रहरी कार्यालय लम्कीको टोली घटना स्थलमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले उक्त शंकास्पद वस्तु के हो भन्ने नखुलेको बताए। शंस्कापद वस्तु निष्क्रीय पार्न नेपाली सेनासंग समन्वय भइरहेको बस्नेतले दिनेश खबरलाई बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस