आइतबार, २४ फागुन २०८२

अत्तरियामा पत्रिका जलाइयो

धनगढी ,आश्विन १७, २०७५ ।
सुदूरपश्चिम प्रदेशको संसदले बहुमतबाट पारित गरेको स्थायी राजधानीका बारेमा समाचार प्रकाशन गरेको भन्दै कैलालीको अत्तरियामा राष्ट्रिय पत्रिकाहरु जलाइएको छ। कान्तिपुर, नागरिक, अन्नपूर्ण, काठमाडौं पोष्ट लगायतका दैनिक पत्रिका जलाईएको हो। अत्तरियामा ९÷१० जनाको समूहमा आएका युवाहरुले पत्रिका जलाएका हुन्। स्थानियबासीहरुको भाबना माथी खेलबाड गरेको भन्दै उनीहरुले नेपालगञ्जबाट सुदुरपश्चिम प्रदेशका लागि ल्याईदै गरेको करिब १ हजार थान कान्तिपुर र ३ सय थान नागरिक पत्रिका सडकमा जलाएका हुन। उनीहरुले नेपालगञ्जबाट अत्तरिया आउदै गरेको कान्तिपुर दैनिकको भे १ त १३०५ नंम्बरको पत्रिका बोक्ने गाडीलाई अत्तरिया बजारमा नियन्त्रणमा लिएर जलाएका हुन। पत्रिका जलाएपछि केही बेर उनीहरुले पत्रिकाको समाचार प्रकाशनको बिरुद्धमा नाराबाजी समेत गरेका थिए। पसल अगाडी थुपारी राखेको नागरिक दैनिकमा केही थान अन्नपुर्ण पोष्ट दैनिक समेत राखीएकाले सो पत्रिका समेत जलेको निलम न्युज सेन्टरका संचालक यज्ञराज जोशीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस