आइतबार, २४ फागुन २०८२

कान्द्रा नदीको बाढीले भजनीका २ सय परिवारको विच्चली

कैलाली, असार १९ । लगातारको वर्षाले कैलालीको कान्द्रा नदीमा आएको बाढीले भजनीका २ परिवारको विच्चली भएको छ । बाढीले घर डुबानमा परेपछि भजनी नगरपालिका ५ लौवस्थाका २ सय परिवार विच्चलीमा परेका हुन् । उनीहरुलाई स्थानीय विद्यालय र सुरक्षित भवनमा सारिएको भजनी नगरपालिकाले जनाएको छ । बाढी बढ्न सक्ने तर्फ सचेत गराउदै नगरपालिकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ । स्थानीय बाढीको चपेटामा परेपछि उद्धार समिति खाद्यान्न तथा उद्धार सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको छ । तत्काल राहत हुने खाद्य र वस्ने सामान सहित पिडितहरु रहेको स्थानमा पुगेको नेपाल रेडक्रस कैलालीले जनाएको छ । -दिनेश खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस