आइतबार, २४ फागुन २०८२

अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सामान बरामद

धनगढी, जेठ २१। सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कैलालीले भारतबाट भन्सार छलि अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको सामान बरामद गरेको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ९ बंग्राकटान बाट अबैध रुपमा भन्सार छलि ल्याईरहेको अवस्थामा सामान बरामद भएको हो । ७४ हजार ४ सय रुपैयाको सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । ८५ ओटा बच्चाका खेलौना, ७० किलो चिन, २० किलो सोडा, ६० ओटा साबुन, ४८ वटा जग, ५१ वटा चप्पल र १ सय ३७ किलो खुर्सानि बरामद गरेको हो। बरामद गरेको सामान आवश्यक कारवाहिको लागी कैलाली भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कैलालीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस