आइतबार, २४ फागुन २०८२

बैतडीमा भालुको आक्रमणबाट महिला गम्भीर

बैतडी,२२ फागुन- भालुले आक्रमण गर्दा बैतडीमा आज एक महिला गम्भीर घाईते भएकी छन् । गम्भीर घाईते हुनेमा दशरथचन्द नगरपालिका ४ की ४५ बर्षीया झुपा पाण्डेय रहेकी नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले जानकारी दिनुभयो । बाख्रा चराउन गएका बेला झुपालाई दशरथचन्द नगरपालिका ४ र ९ को सीमाना पर्ने कोटकला जंगलमा भालुले आक्रमण गरेको हो । घाइते महिलाको घाँटी, हातखुट्टामा गम्भीर चोट लागेको छ । घाइते पाण्डेयलाई अस्पताल लैजाने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस