शनिबार, ०९ साउन २०८३

आइतबारको बिदा कायमै रहने

fILE  - Sasmit Pokharel, government Spokesperson and Minister for Education, Science and Technology. Photo: RSS

सुदूर न्युज संवाददाता 
काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा लामो समयसम्म जाने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म अगाडि बढ्ने बताएका हुन् । 

शिक्षा मन्त्री पोखरेलले शिक्षा पत्रकारहरूसँग भने- ‘दुई दिन बिदा कायम हुन्छ । सरकारले तत्काल बिदा हटाउने सोचेको छैन । अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन नै बिदा भइरहेको छ ।’ 

सरकारले गत चैत २२ गते सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको थियो ।  यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस