33.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

दिपेन्द्र सिंह ऐरी पिपुल्स च्वाईस अवार्डमा मनोनित

राष्ट्रिय क्रिकेट टोलीका सदस्य दिपेन्द्र सिंह ऐरी एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार जारी गरेको वर्ष चर्चित खेलाडी बन्दै पिपुल्स च्वाइस अवार्डमा मनोनित भएका हुन् ।

दिपेन्द्रसंगै पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी कान्छीमाया कोजु, जुडोकी फुपु ल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठ पनि मनोनित भएका छन् । मनोनितमा परेकाहरु मध्ये एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता घोषणा गरिने छ ।

भदौं २५ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा विजेता घोषणा गरिनेछ ।

दिपेन्द्रलाई भोट गर्न Pulsar DA  लेखेर ३३१३१ मा पठाउन सकिनेछ । त्यस्तै, गौरिकालाई भोट गर्नका लागि Pulsar GS  लेखेर ३३१३१ मा पठाउन सकिनेछ । त्यसैगरी कान्छीमायालाई भोट गर्नका लागि  Pulsar KK टाइप गरी ३३१३१ मा पठाउन सकिनेछ । फुपल्हामुका लागि Pulsar PK टाइप गरी ३३१३१ मा पठाउन सकिन्छ । त्यस्तै, सुजलको लागि पनि Pulsar SS टाइप गरी ३३१३१ मा पठाउन सकिनेछ ।

दिपेन्द्रले २०७३ सालमा नेपाली टिमबाट सर्बाधिक ३५७ रन बनाएका थिए । त्यस्तै, ४ अर्धशतक बनाउनका साथै ४ विकेट पनि लिएका थिए । उनले नेपाली राष्ट्रिय टिममा ५ खेलबाट २११ बनाएका थिए । जसमा ३ अर्धशतक प्रहार गरेका थिए ।

गौरिका सिंहले रियो ओलम्पिकको सबै भन्दा कान्छी खेलाडी घोषित बनेकी थिइन् । १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा १ रजत र ३ कास्य पदक जितेकी थिइन् । त्यस्तै, उनले ३० पटक राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २ स्वर्ण र १ रजत  तथा ५ वटा हाफ म्याराथनमा पहिलो बनेकी कान्छीमाया कोजुले म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

फुपुल्हामु खत्रीले रियो ओलम्पिकमा सहभागिता जनाउदै पुरै समय ४ मिनेट टिक्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । १२ औं सागमा स्वर्ण पदक जितेकी फुपुले १७ औं जुनियर एसियन जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् । त्यस्तै, उनले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् ।

सुजल श्रेष्ठ नेपाली फुटबलका मिडफिल्डर हुन् । उनले एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउ विरुद्ध निर्णायक गोल गर्दै नेपाललाई उपाधि दिलाएका थिए । मनाङ मस्र्याङदीका महत्वपूर्ण सदस्य रहेका सुजलले दुहवी, खप्तड, आहा रारा र झापा गोल्ड कपको उपाधि दिलाउन योगदान दिएका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles