16.7 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

खराब मौसमका कारण नेपाल र युएइको खेल रोकियो

काठमाडौँ , चैत्र ३०, २०७५ ।
आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपाल र युएइ विचको खेलमा बर्षा बाधक बनेको छ ।

युएइको स्कोर १२२ रनमा तीन विकेटको अवस्थामा खराव मौसमका कारण खेल रोकिएको हो ।

नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पक्ष्याएको युएईले सुरुवात राम्रो नगरेपनि मध्यक्रमका खेलाडीले दरिलो साझेदारी गर्दा नेपाल दबावमा आएको थियो ।

५ रन हुँदा कमलसिंह ऐरीको बलमा आर्यन लाक्रालाई चार रनमा रोहित पोडेलले रनआउट गरे ।

त्यसपछि युएईको स्कोर २१ रन हुँदा दोस्रो विकेट झर्यो । कमलले सेइद हैदरललाई कुशल मल्लको हातबाट क्याचआउट गराए । उनले ११ रन बनाए ।

तर तेस्रो विकेटका लागि कप्तान अन्स तन्डोन र भ्रित्या अरविन्दले दरिलो साझेदारी गर्दा नेपाललाई राम्रो चुनौती पस्किएको छ ।

टिम दबावमा रहेका बेला यी दुई खेलाडीले सतकिय साझेदारी गर्दै टिमको पारी राम्रोसँग सम्हाले । जसमा कप्तान अरविन्दले अर्धसतक प्रहार गरे ।

तर युएईको स्कोर एक सय २२ रन हुँदा नेपालले यो साझेदारी तोड्न सफल भयो । उसका अन्स टण्डनलाई सागर ढकालले ५४रनमा आउट गरे । तर त्यसको लगत्तै भारी बर्षा भएपछि खेल रोकिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles