26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोट २०१९ : नेपालले मलेसियासँग खेल्ने

काठमाडौँ, असोज ७ गते ।

एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिपअन्र्तगत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउसो ३:३० बजे हुनेछ । नेपाल र मलेसिया पहिलो जीतको खोजीमा हुनेछन् । यसअघि नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले तथा दोस्रो खेलमा म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएको थियो ।

समूह ‘इ’ मा म्यानमार र फिलिपिन्स दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । त्यस्तै आज नै हुने अर्को खेलमा समूह विजेता टोलीको छिनोफानो हुनेछ । म्यानमार र फिलिपिन्सबीच अहिले खेल भइरहेको छ । समूह ‘इ’मा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेका छन् । (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles