20.5 C
Mahendranagar
Thursday, May 2, 2024
spot_img

एसिया कप क्वालिफायर – नेपाल चार विकेटले विजयी

काठमाडौँ, भदौ १७ गते ।

एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो ।

नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४÷१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए ।

मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो ।

सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन÷तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए ।

नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles