23.9 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत

काठमाडौँ, भदौ १३ ।

एशियाली खेलकूद (एशियाड)मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो ।

इण्डोनेसियामा जारी १८ औँ  संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजतपदक पक्का गरेको हो । प्रतियोगितामा स्वर्णपदक भने जापानले हात पार्यो । अब नेपालको रजत पदक संख्या दुई पुगेको छ।

यसअघि सन् १९९८ मा थाइल्याण्डको बैककमा भएको एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् । नेपालले यसअघिका एशियाडमा तेक्वान्दो, बक्सिङ र कराते गरी २३ पदक जित्न सफल भएको थियो । नेपाल जापानभन्दा २७ अंकले मात्रै पछि परेको थियो । पाँचौं राउण्डको खेल सकिँदा नेपालले ११ हजार ३६४ अंक मात्र बनाउन सक्यो।

त्यस्तै पहिलो स्थानमा रहेको जापानले भने ११ हजार ३९१ अंक जोड्यो । क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुन्छन् । नेपाली टोलीमा विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा थिए । (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles