28.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

एसिया कप क्वालिफायर : नेपालले तेस्रो अभ्यास खेल खेल्ने

काठमाडौं, भदौ १० ।

एसियाकप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले आज अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्ने भएको छ ।

लगातार दोस्रो जित हासिल गरेको नेपाली टोली तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्ने प्रयासमा हुनेछ । नेपाली टोलीले कोल्ट्स क्रिकेट क्लबसँग बिहान सवा १० बजे प्रतिस्पर्धा गर्ने छ । सन् १८७१ मा स्थापना भएको कोल्ट्ससंग नेपालले उसैको मैदानमा खेल्न लागेको हो ।

आजको खेलपछि नेपाली क्रिकेट टोली भोली सोमबार एसिया कप छनोट खेल्का लागि मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् ।

उक्त प्रतियोगितामा एकदिवसीय मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ ।

लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्बरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles