36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ, साउन २२ गते ।

एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपालले दोस्रो मैत्रीपूर्ण खेल यही साउन २५ गते थाइल्यान्डको यू–२३ टोलीसँग खेल्नेछ ।

थाइल्याण्डको १० दिने प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसिया जानेछ ।

नेपाली राष्ट्रिय यु–२३ टोली साउन १८ गते थाइल्याण्ड गएको हो ।

नेपाल एसियन गेम्समा समूह डीमा छ ।

नेपालसँगै जापान, भियतनाम र पाकिस्तान समूहमा छन् ।

एसियाड भदौ २ गते औपचारिक रुपमा शुरु भए पनि फुटबलतर्फको प्रतिस्पर्धा साउन २९ देखि शुरु हुनेछ ।

प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना सिनियर खेलाडी पनि खेल्न पाउनेछन् ।

त्यसका लागि किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने, सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी र छिरिङ गुरुङ छन् ।

मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ, फरवार्डमा सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्ती मगर छन् ।

मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles