40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सिंगापुरमाथि नेपालको रोमाञ्चक जित

श्रावण ६, २०७४- सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गर्‍यो ।

चार खेलमा नेपालको यो तेस्रो विजय हो । बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भएपछि नेपालको छनोट यात्रा कठिन बनिसकेको छ । अफगानिस्तानले लगातार चौथो विजय हात पार्नेक्रममा शुक्रबार १० विकेटले पराजित गर्‍यो । नेपालभन्दा अफगानिस्तान रन रेटमा पनि निकै माथि छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

कमजोर ब्याटिङ प्रदर्शन गर्दै आएको नेपालबाट दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाए । प्रतियोगितामा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो । ८३ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे ।

ओपनर सन्दीप सुनारले २६, प्रकाश केसीले २३ र रोहितकुमार पौडेलले १५ रन बनाए । सिंगापुरका विक्रमवीर विश्वरोयले ३, सुनिल आर्यमान र अहान गोपिनाथ अचारले २–२ विकेट लिए ।

राम्रो सुरुआत गरे पनि सन्दीप र अर्का स्पिनर पवन सर्राफको बलिङपछि सिंगापुरको नाटकीय पतन भएको थियो । सन्दीपले १० ओभरमा १ मेडन राख्दै २२ रन खर्चे । पवन र किशोर महतोले २–२ तथा दीपेन्द्रले १–१ विकेट लिए । सिंगापुरबाट दीप हनशुलले ३२ रन बनाए ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles