28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

दोस्रो ODI मा नेदरल्याण्ड बिरुद्ध वापसीको आशा, नेपाली क्रिकेटप्रेमीहरुमा उत्साह

काठमाडौं, साउन १८ ।

आफ्नो ऐतिहासिक एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपाल शुक्रबार नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै छ।

पहिलो खेल गुमाइसकेको अवस्थामा यो खेलले नेपालका लागि एकदिवसीय खेलको पहिलो जित हात पार्ने र जारी शृंखला जोगाउने अवसर जुराइदिएको छ।

शुक्रबारको खेलमा नजिता आफ्नो पक्षमा पार्न सकेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यताप्राप्त एकदिवसीय खेलमा नेपालले पहिलो जित मात्रै हात पार्नेछैन, नेदरल्यान्ड्सविरुद्ध जारी दुई खेलको शृंखला १-१ को बराबरीमा टुंग्याउनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि पहिलोपटक एकदिवसीय क्रिकेट खेल्ने अवसर प्राप्त गरेको नेपालका लागि यो ठूलो उपलब्धि बन्नेछ।
नेपाल बुधबार भएको आफ्नो पहिलो एकदिवसीय खेलमा भने नेदरल्यान्ड्ससँग ५५ रनको भारी अन्तरले पराजित भएको थियो।

पहिले बलिङ गर्दै नेदरल्यान्ड्सलाई एक सय ८९ रनको सहज योगफलमा समेटेको नेपालले कमजोर ब्याटिङ गर्दै एक सय ३४ रनमा सबै विकेट गुमाएर ५५ रनको पराजय बेहोर्न पुगेको थियो।

त्यसैले दोस्रो एकदिवसीय खेलमा भने जितका लागि नेपाललाई आफ्नो ब्याटिङ प्रदर्शनमा सुधार ल्याउन आवश्यक छ। प्रारम्भिक ब्याट्सम्यानद्वय अनिल साह र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि ‘मिडल अर्डर’ र ‘लोअर  मिडल अर्डर’का ब्याट्सम्यानहरू सहजै आउट भएपछि नेपालले खेलमा राम्रो पकड बनाएर पनि पराजय बेहोरेको थियो।

भरपर्दा ब्याट्सम्यान आरिफ सेखसहित नेपालका चार खेलाडी कुनै रन नजोडी आउट हुन पुगेका थिए। त्यसैले शुक्रबारको खेलमा जितका लागि नेपालले आफ्नो कमजोर ब्याटिङ प्रदर्शनमा सुधार ल्याउन आवश्यक छ।

पहिलो खेलको प्रदर्शनमा नेपालको बलिङ र फिल्डिङ सन्तोषजनक देखिएको छ। पहिलो खेलमा कप्तान पारस खड्कासहित नेपाली मध्यम गतिका बलरहरूले आठ विकेट लिएर आफ्नो प्रभावकारिता देखाइसकेका छन्।

त्यसमा सन्दीप लामिछाने र वसन्त रेग्मीजस्ता स्पिनरले पनि बलियो साथ दिनेछन्। त्यसैले दोस्रो खेलमा ब्याटिङमा सुधार ल्याउन सकेको अवस्थामा नेपालले आफ्नो ऐतिहासिक एकदिवसीय शृंखलालाई साँच्चिकै ऐतिहासिक बनाउन सक्नेछ।

नेपालले शुक्रबारको खेलमा आफ्नो ब्याटिङ क्षमता बढाउन अर्को एक ब्याट्सम्यानलाई मैदानमा उतार्न सक्नेछ।

पहिलो खेलको कमजोर प्रदर्शन र भरपर्दा ब्याट्सम्यान शरद भेषावकरको चोट ठीक नभएको अवस्थामा शुक्रबार नेपाली टोलीबाट अर्का एक ब्याट्सम्यानले एकदिवसीय खेलमा डेब्यु गर्ने अवसर प्राप्त गर्ने निश्चित छ।

बुधबार फिल्डिङ गर्ने क्रममा बलसँग औंला ठोक्किँदा घाइते बनेका शरदले खेल्न नसक्ने अवस्थामा शुक्रबार पक्कै पनि उनको स्थानमा अर्को एक ब्याट्सम्यान मैदानमा उत्रनेछन्।

त्यसका साथै बुधबारको विकेटका आफ्ना मध्यम गतिका बलर प्रभावकारी देखिएकाले स्पिनर शक्ति गौचनको स्थानमै पनि नयाँ ब्याट्सम्यानले मैदानमा उत्रने अवसर पाउन सक्छन्।

यो अवस्थामा सुवास खकुरेल वा क्षमतावान् युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अवसर पाउन सक्छन्। उनीहरूको उपस्थितिमा नेपाली टोलीको ब्याटिङ ‘लाइन अप’ र फिल्डिङ अझ चुस्त बन्नेछ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles