25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अशोकलाई लगातार स्वर्ण

काठमाडौं, साउन १३ ।

नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले नवौं गोल्डकोस्ट ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित कारारा स्टेडियममा शनिबार सुरु प्रतियोगितामा अशोकले पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् ।

उनले गत संस्करणमा पनि एकल पुम्सेमै स्वर्ण जितेका थिए । अशोकले फाइनलमा अस्ट्रेलियाका बेन हुकलाई अंकका आधारमा पछाडि पारेका थिए ।

उनले ७.३५ अंक बटुलेका थिए । उक्त इभेन्टमा १५ देशका खेलाडीको सहभागिता रहेको जनाइएको छ । उनले यसअघि दक्षिण कोरिया, हङकङ र थाइल्यान्डमा स्वर्ण तथा भुटान, बेलायत र जापानमा भएका प्रतियोगिताबाट रजत पदक जितेका थिए ।

दसौं दक्षिण एसियाली खेलकुदको छनोट प्रतियोगिताका क्रममा खुट्टा भाँचिएपछि अशोकले स्पाइरिङबाट पुम्से विधामा प्रतिस्पर्धा गर्दै आएका छन् । उनी नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत हुन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles