26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

दोगडाकेदार गाउँपालिकामा खेल मैदान निर्माण

बैतडी,२३ वैशाख-

सरकारको घोषित कार्यक्रम अनुसार बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकामा एउटा खेल मैदान निर्माण गरेको छ ।

एक स्थानिय तह एक खेलमैदान भनेर सरकारले यसअघि नै घोषणा गरेबमोजिम दोगडाकेदार गाउँपालिकाले खेलमैदान निर्माण गरिएको हो ।

दोगडाकेदार गाउँपालिका ७ स्थित चनैराज खेल मैदान नाम दिएर मैदान निर्माण गरिएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको १५ लाख लगानीमा उक्त खेल मैदान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । खेलमैदान निर्माणपश्चात गाउँपालिकामा खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज भएको उहाँले बताउनुभयो ।

यसका साथै उहाँले गाउँपालिका भित्र रहेका प्रत्येक वडामा एक एक खेल मैदान पनि निर्माण गर्ने योजना रहेको बताउनुभयो । गाउँपालिका निर्माण गरेको चनैराज खेलमैदानमा अरु खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने भएपनि क्रिकेटको लागी भने मैदान सानो भएको क्रिकेटका स्थानिय खेलाडी शेर सिंह कार्कीले बताउनुभयो ।

अरु खेलकुदको लागी भन्दा क्रिकेटका लागी मैदान ठुलो आवश्यक पर्ने भएकोले उक्त मैदानलाई ठुलो बनाउन सके मात्रै प्रतियोगिता खेल्न सकिने उहाँको भनाई रहेको छ ।

यता दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जग्गाको अभावमा खेलमैदान ठुलो बनाउन नसकिएको बताउनुभएको छ । खेलमैदान निर्माणको योजना क्रमागतमा रहेकाले स्थानियसंग थप जग्गाको लागी सहमती भएपश्चात मैदानलाई ठुलो बनाईने उहाँले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles