25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अलपत्र

बैतडी,१४ वैशाख

धुर्मुुस सुन्तलीले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको चर्चा पाईरहेका बेला बैतडीमा भने निर्माणाधिन अवस्थामा रहेको दशरथचन्द अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य केही बर्षदेखि अलपत्र अवस्थामा रहेको छ । जिल्लाको दशरथचन्द नगरपालिका सुन्दरखाली वि स २०६३ मा दशरथचन्द नगरपालिकाले निर्माण सुरु गरेको क्रिकेट मैदानलाई र वि स २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले दशरथचन्द अन्र्तराष्ट्रिय क्रिकेट मैदान भनेर निर्माण सुरु गरेको हो ।

वि स २०३४ सालमा दशरथचन्द नगरपालिका स्थित सुन्दरखालीमा मात्र क्रिकेट खेल्ने गरिन्थ्यो त्यसपछी वि स २०५२ सालपछी त्यस मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन सबैको ध्यान पुग्यो ।

सदरमुकाम नजिकैको सुन्दरखाली क्रिकेट मैदानमा चार वर्ष अघिसम्म क्रिकेट प्रतियोगिता सञ्चालन हुन्थ्यो । त्यही मैदानमा खेलाडीले अभ्याससमेत गर्न पाउथे । जिल्ला स्तरदेखि क्षेत्रीयस्तरका प्रतियोगिता हेर्ने पाउँदा स्थानियबासी हर्षित भएका थिए । तर अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएपछि प्र्रतियोगिता समेत हुन पाएको छैन ।

मैदान निर्माण कार्य अधुरो भएपछि खेल सञ्चालन हुन नसकेको हो । राष्ट्रिय खेलकुद परिषदको लापरवाहीले निर्माण कार्य अधुरो रहेपछि खेल्न लायक मैदान झन बिगारेको खेलाडी बताउँछन् । बनेको मैदान भत्काइएपछि प्रतियोगिता हुन सकेको छैन । जिविस, नरपालिकाको सहयोगमा निर्माण भएको मैदान निर्माण कार्य रोकिएपछि खेल्नलायक नहुँदा जिल्लामा क्रिकेट गतिविधि सुस्ताएको छ ।

तीन वर्षमा करिव ११ करोड ५० लाख लागत अनुमानसहित निर्माण हुने मैदानको काम अघि बढ्न सकेको छैन । सरकारले मैदान निर्माणको लागि रकम निकासा नगर्दा खेलमैदान अलपत्र परेको हो । मैदान सम्याउन करिब एक करोड १९ लाखमा ठेक्का भए पनि पुरै रकम निकासा नहुँदा मैदान सम्याउने कामसमेत अधुरो छ । निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीका लागि खेलमैदान अभाव भएको छ बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो‘निर्माण कम्पनीले राखेपले काम नगरेको बताउँछ । राखेपले काम भएको छैन भन्दै आएको छ । यसले क्रिकेट मैदान निर्माण कार्य अलपत्र परेको छ ।’

दुई दशक अघि बैतडीमा क्रिकेट भित्रिएसँगै सुन्दखालीमा क्रिकेट फिल्ड निर्माण गएिको थियो । यही फिल्डमा अभ्यास गर्दागर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटमा महत्वपर्ण योगदान पु-याएका यहाँका खेलाडीको लागि मैदानको नै अभाव हुन चिन्ताको विषय भएको अध्यक्ष चन्दको भनाइ छ । सुविधासम्पन्न स्टेडियम निर्माण सुरु हुँदा उत्साहित बनेका क्रिकेटप्रेमी तथा प्रतिभावान खेलाडी अहिले चिन्तित भएकाले निर्माण कार्य अघि बढनुपर्ने स्थानीय बताउँछन् ।

नियमित अभ्यासका साथै स्थानीय प्रतियोगिता संचालन गर्न नसकिने अवस्था आएकाले खेलमैदानको निर्माण सुरु हुनुपर्ने स्थानीय क्रिकेट खेलाडी गजेन्द्र बोहराले बताउनुभयो ।

‘मैदान भत्काइएपछि स्थानीय खेलाडी सदमुकामभन्दा १० किलोमिटर टाढाको देहिमाण्डौं र रातामाटाको बुड्डाबाजे मैदान जानुपर्ने बाध्यता सिर्जना भएको छ । टाढाको खेल मैदान एकातिर सानो आकारको छ, भने समय र खर्चिलो भएको खेलाडीको गुनासो छ ।

बैतडीमा क्रिकेटका लागि गतिलो मैदान नहुँदा राम्रो प्रदर्शन गर्न नसकिएको खेलाडी रोशन बोहराले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो यहाँ अन्तरराष्ट्रियस्तर क्रिकेट मैदान बनाउने भन्ने चर्चा थियो । भएको मैदान पनि बिग्रिएको छ । हामीहरुले सडकमा अभ्यास गर्नुपर्ने बाध्यता छ । क्रिकेट मैदान नहुँदा बाहिर राम्रो प्रर्दशन गर्न सकिदैन् ।’

अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम ५५ गजभन्दा बढी खेलमैदान, डे«सिङरुम, पेभेलियन, प्रशासकीय भवन, जिम हल, प्राक्टिस हलसहितको सुविधासम्पन्न खेलमैदान बनाउने भनिए पनि निर्माण कार्य रोकिँदा खेलमैदान अलपत्र अवस्थामा छ ।

नेपाल क्रिकेट संघ(क्यान) अध्यक्ष चतुरबहादुर चन्दको गुहजिल्ला समेत रहेको बैतडीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुँन लाग्दा यसलाई चासोको रुपमा हेरिएको छ । राखेपले क्रिकेट मैदानमा निर्माणमा चाँसो नदेखाएका कारण क्रिकेट मैदान निर्माण कार्य अलपत्र परेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो “जब दशरथचन्द क्रिकेट मैदान बनाउने भनेर राखेपले हात हाल्यो न क्रिकेट मैदान बनेको छ न खेलाडीहरुका लागि वैकल्पिक खेलमैदान छ ”।

अलपत्र अवस्थामा रहेको उक्त अन्र्तराष्ट्रिय रंगशाला निर्माण कार्य अगाडी बढाउन आवश्यक छ । निर्माणाधिन अवस्थामा रहेको रंगशाला निर्माण सम्पन्न गर्न सक्यो भने खेलाडी र खेलप्रमी तथा समग्र बैतडीको लागी सुखद पक्ष हुने देखिन्छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles