28.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

दोगडाकेदारमा महिला तथा पुरुष भलिबल प्रतियोगिता

बैतडी,७ वैशाख-

बैतडीको दोगडाकेदारमा भोली शनिवारदेखि प्रथम अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा गाउँपालिकामा रहेका ८ वटै वडा महिला तथा पुरुष गरी १६ टोलीको सहभागिता रहने खेल संयोजक भरत महराले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता वैशाख ११ सम्पन्न हुने भएको छ ।

प्रतियोगितामा महिला तथा पुरुषमा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार , तृतिय पुरस्कार रु २० हजार र चौथो हुने हुने टोलीलाई रु १० हजार पुरस्कार रहेको छ ।

यस्तै उत्कृष्ट हुने एक एक खेलाडीलाई म्यान अफ द सिरिज एक जनालाई नगद १ हजार ५ सयका दरले पुरस्कार राखिएको छ ।

चनैराज खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको भोली बिहान ११ बजे एक कार्यक्रमका बिच उद्दघाटन गरिने दोगडाकेदार गाउँपालिकाले जनाएको छ ।

उक्त प्रतियोगिताले गाउँपालिकामा भलिबल खेलको बिकासका साथै खेलाडी उत्पादन गर्न सहयोग मिल्ने अपेक्षा गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles