36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बिडिसिए कप – फाइनलमा उपाधीका लागी थालिगाडा र त्रिपरा भिड्दै, आज १ बजे म्याच

बैतडी,३ बैशाख

बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधीका लागी आज जेएवाईसी थालिगाडा र त्रिपुरा क्रिकेट क्लव भिड्ने भएका छन् ।

आईतवार सम्पन्न सेमिफाईनल खेलमा साबिक बिजेता योङगस्टार क्रिकेट क्लव,मेलौलीलाई ६ विकेटले स्तब्ध पार्दै थालिगाडा फाईनलमा पुगेको हो ।

यस्तै खोडपे क्रिकेट क्लवलाई १०१ रनले पाखा लगाउदै त्रिपुरा उपाधी नजिक पुगेको हो । उपाधी भिडन्त निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा बिहान ९ बजेपछी हुने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन् । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ देखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका थिए ।

बिडिसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles