28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बिडिसिए कप: त्रिपुरा क्रिकेट क्लब उपाधी नजिक

बैतडी,२ बैशाख-

त्रिपुरा क्रिकेट क्लव, बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा आज सम्पन्न सेमिफाईनल खेलमा खोडपे क्रिकेट क्लवलाई १०१ रनले पाखा लगाउदै त्रिपुरा उपाधी नजिक पुगेको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको त्रिपुराले निर्धारित २० ओभरमा ५ विकेटकोे क्षतीमा २५४ रन बनायो । तेज चन्दले सतकिय पारी खेल्दै ११५ रनको योगदान गरे भने महेन्द्र मार्कण्डले ४७ रन बनाए ।

खोडपेका कृष्ण विष्टले २ विकेट हात पारे । २५५ रनको बिशाल लक्ष्यका साथ मैदान उत्रेको खोडपे १५३ रनमा समेटियो । रुपक ऐरीले ६४ रनको योगदान गरेपनि हार टार्न नसक्दा खोडपे सेमिफाईनलबाटै घर फर्किन बाध्य भएको छ ।

त्रिपुराका गणेश थापाले ३ विकेट हात पारे । सतकिय पारी खेल्दै ११५ रन हिर्काउने त्रिपुराका तेज चन्द म्यान अफ द म्याच घोषित भएका भेन्यु ईन्चार्ज बिर सिंह बोहराले जानकारी दिनुभयो ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ देखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका थिए ।

प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

बिडिसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles