38.4 C
Mahendranagar
Tuesday, April 16, 2024
spot_img

डिपीएल उपाधि भिडन्त आज: कस्को पल्ला भारी ?

धनगढी चैत ३०

आज हुने डीपीएल क्रिकेटको फाइनलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स प्रतिस्पर्धा हुदै छ । घरेलु टोली धनगढी र प्रतियोगीतामा सबैभन्दा बलियो मानिएको काठमाडौविचको फाईनल रोमाञ्चक हुने अपेक्षा गरीएको छ । प्रतियोगिता भरी एउटा मात्रै खेलमा पराजीत भएको काठमाडौ गोल्डेन्स र घरेलु टोली धनगढी विच शुक्रवार हुने फाईनल खेल रोमाञ्चक हुने अपेक्षा गरीएको हो।

सावीक विजेता समेत रहेको घरेलु टोली धनगढीलाई धनगढी प्रिमियर लिगको दोश्रो सस्करण पनि आफ्नो पोल्टामा पार्न सहज भने छैन् । धनगढी प्रिमियर लिगमा दुवै टिमका खेलाडीको प्रदर्शन हेर्दा धनगढीलाई डिपीएल २ को उपाधी जित्न सहज नदेखीएको हो ।

तर पहिलो क्वालिाफायरमा काठमाडौं गोल्डेन्समाथि नै १ विकेटको सनसनीपूर्ण विजय हात पार्दै फाइनलमा प्रवेश गरेको धनगढी फाईनलमा पनि सोही टिमलाई पराजीत गर्दै लगातार दोश्रो पटक धनगढी प्रिमियर लिगको उपाधि उचाल्ने दाउमा छ ।

टिम चौराह धनगढीका कप्तान सोमपाल कामीले पनि एक पटक काठमाडौलाई पराजीत गरीसकेकाले उत्साह बढेको बताए ।
तर पहिलो क्वालीफायरमा धनगढीसंग पारजीत भएको काठमाडौ भने उक्त हारतको बदला फर्काउदै धनगढी प्रिमियर लिगको पहिलो पटक उपाधी जित्ने दाउमा छ । काठमाडौ गोल्डेन्सका खेलाडीहरुले लिग चरणमा देखाएको प्रदर्शनले निरन्तरता दिन सके उपाधि जित्न पनि ठुलै समस्या हुने भने देखिएको छैन् ।

प्रतियोगितामा अहिले सम्म सर्वाधिक रन बनाउने सुचिमा काठमाडौका कप्तान ज्ञानेन्द्र मल्ल २ सय १८ रनका पहिलो स्थानमा छन् । तेश्रो स्थानमा पनि काठमडौकै अमित श्रेष्ठ १ सय ८४ रनका साथमा छन् भने सुवोध भाटीले महेन्द्रनगरसंगको विहीवारको खेलमा अर्धसतकीय पारी खेल्दै फर्मममा फर्कीएको संकेत दिएका छन् ।

काठमाडौका खेलाडीले बलीङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । जारी प्रतियोगीतामा काठमाडौका सन्नी पटेल १२ विकट सहित सर्वाधिक विकेट लिने खेलाडीको शिर्ष स्थानमा छन् भने रासीद खानले ११ विकेट सहित तेश्रो स्थानमा छन् । सहाव आलमले ८ र ललीत राजवंसि ७ विकेट लिएर काठमाडौको बलीङ शाखालाई बलियो बनाएका छन् ।

त्यसैले पनि काठमाडौ धनढी प्रिमियर लिगको पहिलो पटक उपाधि जित्ने दाउमा रहेको काठमाडौका कप्तान ज्ञानेन्द्र मल्लले बताए । घरेलु टोली धनगढीका व्याट्सम्यानहरुले अहिले सम्म उच्च प्रदर्शन भने गर्न सकेका छैनन् । धनगढीको तर्फबाट अहिले सम्म १ सय ५१ रन सहित सुनिल धमलाले सर्वाधिक रन बनाएका छन् ।

तर सिङगो प्रतियोगीताको कुरा गर्ने हो भने धमला सर्वाधिक रन बनाउनेमा छैठो स्थानमा छन् । रोहन मुस्ताफाले अहिले सम्म १ सय ३८ रन बनाएर धनगढी टिमलाई सम्हालेका छन् । यस बाहेक टिमका सबै सदस्यहरुको सामान्य रनको मदले धनगढीलाई फाईनल सम्मको यात्रा तय गराउन सफल भएको हो ।

बलीङमा ललित सिह भण्डारीले ११, रोहन मुताफा ७ र सुनिल धमलाले ६ विकेट लिएर धनगढीको बलीङ शाखा सम्हालेका छन् । तुलनात्मक रुपमा धनगढीएके ब्याटीङ भन्दा बलिङ राम्रो देखिएको छ भने काठमाडौ एउटा खेल बाहेक बलीङ र ब्याटीङ दुवैमा राम्रो प्रदर्शन गर्न सफल भएको छ ।

तर घरेलु दर्शकको साथ र अन्तिम समयमा जादु गर्दै खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल रहेको धनगढी शुक्रवार फाईनलमा त्यहि जादु देखाउने पक्षमा छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles