24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बिडिसिए कप – NCC द्वारा २० ओभरमा ३०३ रन, गजेन्द्र बोहराको र NCC को बिडिसिए ईतिहासमै नयाँ रेकर्ड

बैतडी,२८ चैत,

गजेन्द्र बोहराले बैतडीमा जारी बिडिसिए कप क्रिकेट ईतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडीको रेकर्ड कायम गर्नुभएको छ । निंगलाशैनी क्रिकेट क्लव(एनसिसि), देहिमाण्डौंको टोलीवाट लिग चरणको खेलमा उनले ब्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेको हो ।

घरेलु मैदान निंगलाशैनी खेल मैदानमा गजेन्द्रले ५५ बलमा १४३ रन बनाएका हुन् । जसमा २१ चौका र ७ छक्का सामेल छन्। उनले ४२ बलमै शतक बनाएका थिए ।

यसअघि बिडिसिए कपमै एकै ईनिंगमा सर्वाधिक रनकर्ता कैलपाल क्रिकेट क्लवका खेलाडी जनक चन्दको १०९ रनको रेकर्ड समेत गजेन्द्रले तोडेको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

 

गजेन्द्र गत असारमा काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डका लागी सुदूरपश्चिम यू–१६ को टिमवाट प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । यस्तै गतबर्ष नै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिग(ईपिएल)मा पनि काठमाडौं किंग्स् ईलेभनका लागी छनौटका क्रममा तेस्रो राउण्ड सम्म पुगेका थिए ।

गजेन्द्र बिगत २ बर्षदेखि काठमाडौंस्थित हिमालयन क्रिकेट एकेडेमीमा आवद्ध भएर निरन्तर प्रशिक्षणमा रहनुभएको छ । भारत मुम्बईस्थित एडभान्स क्रिकेड एकेडेमी गजेन्द्रले सन २०१४ देखि २०१६ सम्म पशिक्षण गर्नुभएको थियो । उनले मुम्बईमा रहेको आजाद मैदानमा निरन्तर २ बर्ष पशिक्षण गर्नुभएको हो ।

बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौंमा वि स २०५९ जन्मिएका गजेन्द्र निकै लगनशिल र मेहनती खेलाडीका रुपमा परिचित छन् । १५ बर्षिय गजेन्द्र दाँया हाते ब्याट्सम्यान हुन् ।

केदारशक्ति क्रिकेट क्लवसंगको लिग चरणको उक्त अन्तिम खेलमा निंगलाशैनी गजेन्द्रको १४३ रनको व्यक्तिगत स्कोरले ४ विकेटको क्षतीमा २० ओभरमा ३०३ रन बनाउन सफल भएको थियो । बिडिसिए ईतिहासमै निंगलाशैनीले बनाएको यो सबैभन्दा उच्च स्कोर पनि हो ।

उक्त खेलमा निंगलाशैनीका प्रकाश नाथले ६० तथा लक्ष्मण बोहराले ५१ रन जोडेका थिए । ३०४ रनको बिशाल लक्ष्यका साथ मैदान उत्रेको केदारशक्ति १० दशमलव १ ओभरमा ५१ रनमा समेटिएको थियो ।

निंगलाशैनीले बिडिसिए ईतिहासमै २५६ रनको फराकिलो रन अन्तरले जित्ने टोलीका रुपमा नाम समेत लेखाउन कायम भएको छ । बिडिसिए कपको १७ संस्करणसम्म पुग्दा कुनै पनि टोलीले यती ठुलो रन अन्तरले जितेको छैन्।

बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले बिडिसिए कपको १७ संस्करण सम्म पुग्दा गजेन्द्र नयाँ रेकर्ड कायम गर्नु निकै सुखद पक्ष हो ।

यस्तै नवप्रतिभा खोजी गर्नका लागी प्रतियोगिता आयोजना गरिएको हो उहाँले भन्नुभयो “नयाँ प्रतिभाको पहिचान गरी उचित स्थान सम्म पुर्याउनुपर्छ”
क्रिकेटको उर्वरभुमी भनेर चिनिने बैतडीमा गजेन्द्र जस्तै थुप्रै नवप्रतिभाको खोजीका लागी बैतडी जिल्ला क्रिकेट संघले हरेक बर्ष क्रिकेट गतिविधि गरिरहेको छ ।

बैतडीवाट थुप्रै पुरुष तथा महिला क्रिकेटरहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । बैतडीमा हरेक बर्ष क्रिकेट गतिविधि भईरहेका भएपनि उचित खेल मैदान नहुँदा समस्या हुने गरेको छ ।

बैतडीमा निर्माणाधिन अवस्थामा रहेको अन्तराष्ट्रिय स्तरको दशरथचन्द रंगशाला निर्माण कार्य पनि बिगत ३ बर्षदेखि अलपत्र अवस्थामा रहेको छ । उक्त रंगशाला निर्माण कार्य सम्पन्न भएमा बैतडीमा खेलकुदका गतिविधि गर्न सहज हुने निश्चित छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles