36.6 C
Mahendranagar
Tuesday, April 16, 2024
spot_img

डीपीएल कप – महेन्द्रनगर र काठमाडौंबीचको खेल वर्षाका कारण स्थगित, आज बिहीबार हुने

धनगढी , २९ चैत-

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि बुधबार हुने तय भएको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २ ओभरको समाप्तीमा ८ रन बनाएको अवस्थामा भारी वर्षा भएसँगै खेल पुनः सुरु हुन सकेन ।
बुधबार खेल नतिजाविहीन भएसँगै बिहीबार ‘रिजर्भ डे’मा यही खेल हुने निर्णय भएको छ ।

पहिलो क्वालिफायर खेलमा टिम चौराहा धनगढीसँग हारेको काठमाडौं र एलिमिनेटर खेलमा सीवाइसी अत्तरियालाई पाखा लगाएको महेन्द्रनगर युनाइटेडबीच दोस्रो क्वालिफायर खेल हुन लागेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं र विनोद भण्डारी नेतृत्वको महेन्द्रनगरबीचको विजेताले उपाधिका लागि शनिबार टिम चौराहा धनगढीको सामना गर्नेछ ।

सोमपाल कामी नेतृत्वको धनगढी पहिलो क्वालिफायर खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles