29 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

बिडिसिए कप : खोडपे र त्रिपुरा सेमिफाईनलमा

बैतडी,२७ चैत-

खोडपे क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेका छन् । समूह “ए” बाट लगातार तीन जित हात पार्दै खोडपे अन्तिम चारमा पुगेको हो ।

निंगलाशनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न समूह चरणको अन्तिम खेलमा सन्नी विष्टको उत्कृष्ट अलराउन्डर प्रदर्शनले केदारशक्ति क्रिकेट क्लवमाथि १५६ रनको फराकिलो जित दर्ता गर्दै खोडपले सेमिफाईनल स्थान सुरक्षित गरेको छ ।

टस जितेर ब्याटिंग गरेको खोडपेले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा २३३ रनको योगफल तयार गरेको थियो ।

जसमा सन्नी विष्टले सर्वाधिक ३७ रन जोडे । केदारशक्तिका विनोद पाण्डेयले ३ विकेट हात पारे ।

२३४ रन बिशाल लक्ष्यका साथ मैदान उत्रेको केदारशक्ति १८ ओभरमा ७७ रनमा समेटियो । केदारशक्तिका प्रकाश नेपालीले २९ रनको योगदान गरेको भएपनि जित दिलाउन सकेनन् ।

म्यान अफ द म्याच खोडपेका सन्नी विष्टले २ विकेट हात पारे ।
यस्तै उता बुढ्ढावाजे खेलमैदानमा सम्पन्न खेलमा पञ्चकोटी क्रिकेट क्लवलाई ४ रनले स्तब्ध पार्दै त्रिपुरा क्रिकेट क्लव पनि प्रतियोगितामा लगातार तीन जित निकाल्दै समूह “डी” वाट अन्तिम चारमा पुगेको छ ।

टस जितेर ब्याटिंग गरेको त्रिपुरा १३ दशमलव ३ ओभरमा १ सय रनमा समेटियो । जसमा तेज चन्दले २३ रन जोडे । पञ्चकोटीका प्रकाश बुडालले ४ विकेट हात पारे । १ सय १ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको पञ्चकोटी १५ दशमलव १ ओभरमा ९६ रनमा अलआउट भयो ।

डम्बर बुडालले ब्यक्तिगत २८ रनको योगदान गरेपनि पञ्चकोटीका अन्य ब्याट्म्यान चल्न सकेनन् । पञ्चकोटीको पारी ध्वस्त पार्ने क्रममा त्रिपुराका गणेश थापा र जयसिंह धामीले समान ३/३ विकेट हात पारे ।

प्रतियोगिता अन्तर्गत बुधवारदेखि समूह “बी” र “सि” का लिग चरणका खेलहरु हुने जनाएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ देखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाएको छ ।

बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करणले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ । बिडिसिए कप क्रिकेटको १६ औं संस्करण यौंगस्टार क्रिकेट क्लव, मेलौलीले हात पारेको थियो ।

– बैतडी टुडे

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles