37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बिडिसिए कप : ग्वाल्लेक बाहिरियो, त्रीपुरा विजयी

बैतडी,२६ चैत-

ग्वाल्लेक क्रिकेट क्लव, बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ ।

सोमवार खोडपे क्रिकेट क्लवसंग १० विकेटको नमिठो हारसंगै ग्वाल्लेक प्रतियोगिताबाटै बाहिरिन बाध्य भएको हो । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा टस हारेर ब्याटिंगको निम्ता पाएको खेलमा ग्वाल्लेक १० ओभरमा ३१ रनमा समेटियो ।

ग्वाल्लेकका कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् । खोडपेका दिपेन्द्र ऐरी र रुपेस ऐेरीले समान तीन तीन विकेट हात पारे ।

३२ रनको झिनो लक्ष्य खोडपेले १ दशमलव ५ ओभरमा बिना विकेटको क्षतीमा पुरा गर्यो । म्यान अफ द म्याच खोडपेका दिपेन्द्र ऐरीले अविजित ३६ रनको पारी खेले ।

ग्वाल्लेक यसअघि आईतवार भएको पहिलो निंगलाशैनी क्रिकेट क्लवसंग ८ विकेटले पराजित भएको थियो भने केदारशक्तिसंग हुने भनिएको अर्को खेल बर्षाका कारण अवरुद्ध भएपछी एक एक अंक बाडेका थिए ।

उता बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा भएको खेलमा कैलपाल क्रिकेट क्लवलाई २ विकेटले हराउदै त्रिपुरा क्रिकेट क्लवले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । टस जितेर ब्याटिंग गरेको कैलपालले ९ विकेटको क्षतीमा १२४ रन बनायो । १२५ रनको लक्ष्य त्रिपुराले १७ ओभरमा ८

विकेटको क्षतीमा पुरा गर्यो । त्रिपुराका लागी कप्तान बिरेन्द्र रानाले ३६ रन बनाए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ देखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाएको छ । बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करणले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles