39 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

DPL2 – विराटनगर किंग्सलाई हराउँदै सिवाईसी अत्तरिया प्ले अफमा

धनगढी, चैत २५।

विराटनगर किंग्सलाई ६ विकेटले पराजितगर्दै सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल)–२ को प्ले अफमापुगेको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै अत्तरिया प्लेअफमा पुग्ने चौथो टोली भयो । अंकतालिकमा पनि चौथो स्थानमा रहँदै अत्तरीयाले अघिल्लो चरणको यात्रामा स्थान वनाएको हो ।

पानीले मैदान ओसिलो भएपछि २० ओभरको खेलाई छोट्याएर ६÷६ ओभरमा झारिएको थियो । निर्धारित ६ ओभरमा विराटनगरले ३ विकेट गुमाउँदै ५५ रन बनायो । विराटनगर किंग्सकालागि बाबर हायतले ७ बलमा १४, अनिल साहले १२ बलमा १५, कप्तान पारस खड्काले ८ बलमा ९ रन बनाए। दिलिप नाथले ९ बलमा अविजित १५ रन बनाए। सिवाईसीकालागि कमलसिंह ऐरीले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने सुभांकर उराउले २ ओभरमा १४ रन दिएर १ विकेट लिए।

५६ रनको विजय लक्ष्य सहित मैदान उत्र्रिएको सिवाईसीले ५.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

सीवाइसीकालागि विपिन चन्द्राले १३ बलमा नट आउट २६ रन बनाए। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन बनाए ।कुशल भुर्तेलले ४ र आकाश थापाले १ रन जोडे।

गौरव चित्कारा र सन्दीप जोरा शुन्यमा आउट भए। विराटनगरकालागि रामनरेश गिरीले २ ओभरमा २३ रन खर्चँदै २विकेट लिए।

कप्तान पारस खड्काले १.४ ओभर बलिङ गर्दै १४ रन खर्चिएर २ विकेट लिए। बसन्त रेग्मीले २ ओभरमा १५ रन दिदाकुनै विकेट लिन सकेनन् ।खेलको म्यान अफदी म्याच विपिन चन्द्रा भए । यसअघि आज हुने पहिलो खेल रद्ध भएको थियो ।

वर्षाका कारण खेल रद्ध भएपछि महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सले अंक वाडेका छन। यससँगै काठमाडौं ५ खेलमा ९ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा यथावत छ।

महेन्द्रनगर ६ अंकका साथ तेस्रो स्थानमा छ। टीम चौराह धनगढी समान ६ अंक भएपनि राम्रो रनरेट भएका कारण दोस्रो स्थानमा छ।

आजको अन्तिम खेल जितेसँगै सिवाईसी अत्तरीया ५ अंक सहित चौथो स्थानमा रहेको छ। ४ अंक सहित पाँचौ स्थानमा रहेको विराटनगर किंग्स र अंक विहीन हुँदै रुपन्देही च्यालेन्जर्स छैटौ स्थानमा रहँदै लिगको दोस्रो संस्करण वाट वाहिरिएका छन्।

प्लेअफको समिकरण सकिएपछि चैत २७ गते हुने पहिलो क्वालिफायरमा पहिलो स्थानको कामठाण्डौ र दोस्रो स्थानको धनगढी भिड्ने छन्। सोही दिनहुने एलिमेटरमा तेस्रो स्थानको महेन्द्रनगर र चौथो स्थानको अत्तरीया भिड्ने छन्।

चैत २८ गते हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोली र एलिमेटरको विजयी टोलीसँग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles