बिडिसिए कप क्रिकेट : आज ४ खेल हुदै

द्वारा : सुदुर न्युज
BDCA Cricket Cup
0

बैतडी,२६ चैत-

आईतारदेखि बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज ४ खेल हुने भएका छन्।

निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने बिहान साढे ८ बजे हुने पहिलो खेलमा ग्वाल्लेक क्रिकेट क्लव र खोडपे क्रिकेट क्लव भिड्दा बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा त्रिपुरा क्रिकेट क्लव र कैलपाल क्रिकेट क्लव आमनेसामने हुने भएका छन्।

यस्तै देहिमाण्डौंमा दिउँसो १ बजेपछी निंगलाशैनी क्रिकेट क्लव(एनसिसि) र खोडपे क्रिकेट क्लव प्रतिस्प्रर्धा गर्दा रातमाटामा कैलपाल क्रिकेट क्लव र पञ्चकोटी क्रिकेट क्लवविच भिडन्त हुने भएको छ ।

यसअघि आईतवार भएका खेलहरुमा निंगलाशैनी क्रिकेट क्लव(एनसिसि), पञ्चकोटी क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव विजयी भएका छन् ।

यस्तै केदारशक्ति क्रिकेट क्लव र ग्वाल्लेक क्रिकेट क्लवविचको खेल बर्षाका कारण अवरुद्ध हुँदा दुवै टोलीलाई समान एक एक अंक दिईएको थियो ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाएको छ ।

बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करणले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

0

सम्बन्धित् समाचारहरु

टिप्पणी गर्नुहोस

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy