40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बिडिसिए कप क्रिकेटको १७ औं संस्करण आजदेखि

बैतडी,२५ चैत-

बैतडीमा आजदेखि बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको १७ औं संस्करण सुरु हुने भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगितामा १६ टोली सहभागी छन् भने उनीहरुलाई ४ समूहमा विभाजन गरिएको छ ।

निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा आज बिहान साढे ८ बजे हुने पहिलो खेलमा निंगलाशैनी क्रिकेट क्लव र ग्वाल्लेक क्रिकेट क्लव भिड्दा बुड्डाबाजे खेलमैदान रातामाटामा पञ्चकोटी क्रिकेट क्लव र त्रिलोचन क्रिकेट क्लव आमनेसामने हुने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

यस्तै आजै देहिमाण्डौंमा दिउँसो १ बजे हुने दोस्रो खेलमा ग्वाल्लेक क्रिकेट क्लव र केदारशक्ति क्रिकेट क्लव प्रतिस्प्रर्धा गर्दा रातामाटामा त्रिलोचन क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव भिड्ने भएका छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार नगद,ट्रफी र प्रमाणपत्र राखिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

बैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुनै खेल कारणबस अवरुद्ध भएको खण्डमा दुवै टोलीलाई समान १/१ अंक दिईने आयोजकले जनाएको छ ।

बिडिसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles