33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

डीपीएल २ः धनगढी प्ले अफमा

धनगढी, चैत २४ गते।

टिम चौराह धनगढी रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गरी धनगढी प्रिमियर लिग क्रिकेटको प्ले अफमा पुगेको छ। शनिबारको दोस्रो खेलमा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ७७ रनको लक्ष्य दिएको थियो।

जवाफी व्याटिङमा आएको रुपन्देहीले ८ ओभरमा ५ विकेट गुमाइ ७३ रन मात्रै बनाउन सक्यो। गएराति परेको पानीले मैदान भिजाएपछि ८÷८ ओभरमा छोट्याएको खेलमा धनगढीले ७ विकेट गुमाउँदै ७६ रन बनाएको थियो।

जवाफी व्याटिङमा आएको रुपन्देहीबाट सागर पुनले ३३ र दीपक प्रसादले १६ रन बनाए। टिम चौराहका रोहन मुस्तफाले २ र ललितसिंह भण्डारीले १ विकेट लिए। यसअघि नै प्रतियोगिताबाट बाहिरीसकेको रुपन्देहीले राउन्ड रोबिनका सबै पाँच खेलमा पराजय भोग्यो।

टिम चौराहबाट सोनु तमाङले ३४ र रोहन मुस्तफाले १५ रन बनाएका थिए। टस जितेर फिल्डिङ रोजेको रुपन्देहीका सुशन भारीले ३, दीपेश श्रेष्ठले २ तथा शक्ति गौचन र सागर पुनले १/१ विकेट लिए।

काठमाडौं गोल्डेन्स पहिलो चार खेल जिति यसअघि नै क्वालिफायरमा पुगिसकेको छ भने महेन्द्रनगर युनाइटेड प्ले अफमा पुगिसकेको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles