31.6 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

बिडिसिए कप क्रिकेटको खेलतालिका सार्वजनिक

बैतडी,२३ चैत-

यही चैत २५ गतेदेखि बैतडीमा सञ्चालन हुन लागेको बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौंमा सञ्चालन हुने जनाएको छ ।

१६ टोली सहभागी रहेको प्रतियोगिता ४ समूहमा विभाजन गरिएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

समूह “ए”मा यौंगस्टार क्रिकेट क्लव,पाटन स्टार क्रिकेट क्लव, असिम केदार क्रिकेट क्लव र महामाया क्रिकेट क्लव रहेका छन् । समूह “बी”मा निंगलाशैनी क्रिकेट क्लव,ग्वाल्लेक क्रिकेट क्लव,खोडपे क्रिकेट क्लव र केदारशक्ति क्रिकेट क्लव रहेका छन् ।

जेएवाईसी,दशरथचन्द प्रतिष्ठान,केदार नागार्जुन क्रिकेट क्लव र कालाशैनी क्रिकेट क्लव समूह “सी”मा रहेका छन् भने समूह “डी”मा पञ्चकोटी क्रिकेट क्लव,त्रिपुरा क्रिकेट क्लव,त्रिलोचन क्रिकेट क्लव र कैलपाल क्रिकेट क्लव रहेका छन् ।

चैत २५ गते निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने पहिलो खेलमा निंगलाशैनी क्रिकेट क्लव र ग्वाल्लेक क्रिकेट क्लव भिड्दा बुड्डाबाजे खेलमैदान रातामाटामा पञ्चकोटी क्रिकेट क्लव र त्रिलोचन क्रिकेट क्वल आमनेसामने हुने भएका छन् ।

बैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुनै खेल कारणबस अवरुद्ध भएको खण्डमा दुवै टोलीलाई समान १÷१ अंक दिईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार नगद,ट्रफी र प्रमाणपत्र राखिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

बिडीसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करण हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles