26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

बिडीसिए कप क्रिकेट चैत २५ गतेदेखि

बैतडी,२० चैत-
यही चैत २५ गतेदेखि बैतडीमा बिडीसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४ सञ्चालन हुने भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौंमा सञ्चालन हुने जनाएको छ । प्रतियोगितामा जिल्लाका १६ टोलीको सहभागिता रहने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार नगद,ट्रफी र प्रमाणपत्र राखिएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

बिडीसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करण हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles