32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

धनगढी प्रिमियर लिगः काठमाण्डौ प्लेअफ नजिक, विराटनगरको पहिलो जित

कैलाली, चैत २१,

काठमाण्डौ गोल्डेन्स धनगढी प्रिमियर लिगमा अपराजित यात्रा कायम राख्दै प्ले अफ नजिक पुगेको छ । आज भएको खेलमा सिवाईसी अत्तरीयालाई ११ रनले पराजित गर्दै काठमाण्डौ ६ अंक सहित प्ले अफ नजिक पुगेको हो। खेलेका तीन वटै खेलमा जित हात पारेको काठमाण्डौ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा आज भएको दोस्रो खेलमा टस जितेर पहिलो व्याटिङ गरेको काठमाडौंले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो । कप्तान मल्लले चार चौका र तीन छक्काको मद्दतले ४३ वलमा ५७ रन वनाए । त्यस्तै नरेश वुढाऐर २७ र रसिद खानले १६ रन बनाए ।

सीवाईसी अत्तरियाकालागि शुभांकर उराउले ३, विपिन चन्द्रा र कृष्ण कार्कीले २/२ तथा दिपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरीले समान १/१ विकेट हात पारे ।

काठमाडौंले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको सिवाईसी अत्तरियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो।

अत्तरीयाकालागि गौरव चित्काराले ३६, विपिन चन्द्राले अविजित २६ र सन्दीप जोराले २१ रन वनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । काठमाडौंका शुवोध भारीले ३ विकेट लिए भने सन्नी पटेल र रसिद खानले २/२ तथा साहव आलमले १ विकेट लिए ।

एक खेल मात्रै जितेको सिवाईसी अत्तरीया दुई अंक सहित तेस्रो स्थानमा रहेको छ । चार अंक रहेको टीम चौराह धनगढी दोस्रो स्थानमा रहेको छ ।

यता धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सङसले पहिलो जित दर्ता गर्दै अंक तालिकामा खाता खोलेको छ भने रुपन्देही च्यालेन्जर्स लगातार तेस्रो खेलमा हार व्यहार्दै अंक विहीन रहेको छ ।

आज भएको पहिलो खेलमा विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गरेको हो । हारपछि रुपन्देहीको प्लेअफम ापुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ८१ रन बनायो । बलियो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेको थियो । ओपनर अनिल शाह ३६ रनमा आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो ।

त्यसपछि बाबर हायात र दीलिप नाथले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुगाए । दीलिप ४३ रनमा आउट भए भने बाबरले ५८ रन बनाए । त्यसपछि कप्तान पारस खड्काले २२ तथा सौरभ खनालले अविजित १७ रन बनाए । रुपन्देहीका सेफयान मोहम्मदले दुई विकेट लिए ।

जवाफमा सुरुवात राम्रो गर्न नसकेको रुपन्देही च्यालेन्जर्स २० ओभरमा एक सय ३९ रनमा रोकियो । १० रन हुँदा पहिलो विकेट गुमाएको रुपन्देहीको मिडिल अडर पूर्ण रुपमा ध्वस्त भयो ।

उसकालागि प्रदीप ऐरीले ५४ रन बनाउँदा दीपक प्रसाद २२ रनमा आउट भए । ६६ रन बनाउँदा तीन विकेट गुमाएको रुपन्देहीले शतक पार गर्दा सात विकेट गुमाएको थियो । उसका पाँच खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका सुभंम कामतले तीन तथा रामनरेश गिरीले दुई विकेट लिए । जारी प्रतियोगितामा रुपन्देही अंक विहिन हुने एक्लो टिम वनेको छ ।

प्रतियोगिता अन्तर्गत भोली हुने पहिलो खेलमा टीम चौराह धनगढी र विराटनगर किंग्स तथा दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाईटेड प्रतिस्पर्धा गर्नेछन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles