29 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

डीपीएल २ः काठमाडौं गोल्डेन्सद्वारा सीवाईसी अत्तरिया ११ रनले पराजित

धनगढी, २१ चैत्र।

धनगढी प्रिमियर लिग डीपीएल २ क्रिकेट अन्तर्गत बुधबारको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले सीवाईसी अत्तरियालाई ११ रनले पराजित गरेको छ।

टस जितेर व्याटिङ गरेको काठमाडौं गोल्डेन्सले ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । जवाफमा सीवाइसी अत्तरियाले ६ विकेट गुमाइ १२६ रन मात्रै बनाउन सक्यो।

काठमाडौं गोल्डेन्सका सुबोथ भाटीले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। उनले १९ औं ओभरमा फालेको मेडेन ओभर खेलको निर्णायक मध्येको एक क्षण बनेको थियो।

काठमाडौं गोल्डेन्सबाट कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए।

४३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे।

नरेश बुढाऐरले १७ बल खेली २ चौका र २ छक्का सहित २७ र रसिद खानले ९ बलमा १ चौका र १ छक्का प्रहार गरी १६ रन बनाए।

सीवाईसी अत्तरियाका सुभशंकर उराउले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।

यस्तै कृष्ण कार्की र विपिन चन्द्रले २/२ तथा कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles