26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

धनगढी प्रिमियर लिग : धनगढीको लगातार दोस्रो जित

धनगढी चैत २०,

धनगढी प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा टीम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडमाथि ८ विकेटको सहज जित हात पारेको छ.।

महेन्द्रनगरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले १२ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेटायो ।

धनगढीका लागि सुनिल धमलाले नटआउट ४६ रनको पारी खेले भने विदेशी खेलाडी रोहन मुस्तफाले ३९ रन जोड ।

अस्फाक अहमदले २४ बलको सामना गर्दै ३० रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३१ रन बनायो ।

महेन्द्रनगरका लागि भारतीय खेलाडी पुनित मेहराले २५ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मदतमा ४० रन जोडे भने भुवन कार्कीले ३२ रन बनाए ।

यस्तै पुनित विष्टले २४ र कप्तान विनोद भण्डारीले ११ रन बनाए । धनगढीका ललितसिंह भण्डारीले ४ तथा सोमपाल कामी र सामसद सेखले समान २–२ विकेट लिए ।

जितसँगै चौथो स्थानमा रहेको धनगढी ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

धनगढीले तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles