30.7 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

डीपीएल २ : काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

धनगढी, १९ चैत्र,

, १९ चैत्र,

धनगढी प्रिमियर लिग डीपीएल २ क्रिकेटको तेस्रो दिनको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ ।

यो जितसँगै काठमाडौंले दोस्रो जित हात पारेको छ भने रुपन्देहीले लगातार दोस्रो हार व्यहोरेको छ ।

प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालय मैदानमा भएको खेलमा रुपन्देही च्यालेन्जर्सले १८.४ ओभरमा १ सय २३ रन मात्रै बनाउन सक्यो ।

१८७ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको रुपन्देहीको तर्फबाट प्रदीपसिंह ऐरीले ५७ रन जोडे । यस्तै सागर पुनले १८ र दीपक प्रसादले १० रन जोडे ।

रुपन्देहीका अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन् । काठमाडौंका रसिद खानले ४ विकेट, ललित राजवंशीले ३ विकेट र साहब आलमले २ विकेट लिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles