27.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

धनगढी प्रिमियर लिगको तयारी पुरा

धनगढी, चैत्र १५।

पर्सिदेखि सुरु हुने धनगढी प्रिमियर लिग डिपिएलको तयारी पुरा भएको छ । मैदानमा पिच निर्माण, अस्थायी प्याराफीट निर्माण लगायतको तयारी पुरा भएको आज धनगढीमा आयोजीतपत्रकार सम्मेलननमाजानकारी दिईइएको छ । केहि फिनिसिङको काम मात्रै बाँकी रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
प्रतियोगितामा सहभागीता जनाउने खेलाडी र अफिसियलका लागी होटेल लगायतको व्यवस्थापन कार्य पनि पुरा भएको छ ।

यस्तै प्रतियोगीता सुरु हुन २ दिनमात्रै बाँकी रहेका बेला सहभागिता जनाउने टिमहरु पनि धनगढी आउने क्रम सुरु भएको छ ।

नेपालले एकदिवसीयमान्यता पाएपछि पहिलो पटक हुन लागेको सर्वाधिक पुरस्कर राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगले राष्ट्रिय टोलीबलियो बनाउन सहयोग गर्ने अपेक्षा गरीएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का पनि एकदिवसीय मान्यता पाएपछि पहिलो पटक धनगढी पुग्दा निकै दंग थिए ।

अन्तराष्ट्रिय क्रिकेटमा देशको प्रदर्शन कस्तो रहने विषय घरेलु क्रिकेटको स्वरुप कस्तो छ भन्ने विषयले नै हेक्का राख्ने गरेको छ । घरेलु क्रिकेट प्रतियोगिता नै करौडौ लगानीमा अयोजना हुन थालेपछि राष्ट्रिय टोली पनि बलियो बन्ने उनको दावी छ । पहिलो सस्करणको धनगढी प्रिमियर लिगभन्दा दोश्रो सस्करणको धनगढी प्रिमियर लिगमा थुप्रै फरक देख्न पाइने छ । धनगढी प्रिमियर लिगले आईसीसीको मान्यता पाएपछि यस्को चर्चा अव स्वदेशमामात्रै सिमित हुने छैन् ।

आइसीसीकै मान्यताका कारण ६ वटा टिममा अनुवन्ध नेपाली खेलाडीले विदेशी खेलाडीसंग पनि खेल्न पाउने भएका छन् । शनिवारदेखि सुरु हुने प्रतियोगितामा ३ करोड लागतकको अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाखपाउँने छन् भने तेस्रो हुने टोलीलाई तीन र चोथो हुने टोलीलाई २ लाख नगद दिइने आयोजकले जनाएको छ ।

पुरुष्कार राशि सर्वाधिक हुनु र प्रतियोगीताको छवि अन्तराष्ट्रिय क्रिकेट जगतले पनि स्वीकार्नुले धनगढी प्रिमियर लिगको महत्व झल्कीएको प्रतियोगिताका संयोजक सुवाश शाहीले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles