24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

नेदरल्यान्ड द्वारा नेपाल ४५ रनले पराजित – १९० रनको पिछा गर्दै १४० रनमा अल-आउट

काठमाडौँ —

विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४४.४ ओभरमा १ सय ४४ रन जोड्दै अल आउट भयो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन जोडे । दीपेन्द्रसिंह ऐरीले २५ तथा पारस खड्काले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । ज्ञानेन्द्र मल्ल (४), अनिल साह (८), आरिफ शेख (५) र रोहित पौडेल (०) ले निराशाजनक प्रदर्शन गरे । नेदरल्यान्ड्सका रोलफ भान डर मर्वले ४ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन जोडेको थियो । नेपालका सोमपाल कामीले ४, सन्दीप लामिछाने र ललित नारायण राजवंशीले २-२ तथा शक्ति गौचनले १ विकेट लिए ।

नेदरल्यान्ड्सका बास डे लिडले ३९ तथा म्याक्स ओ डाउडले २८ रनको योगदान दिए । रोलफ भान डर मर्व र स्कट एडवार्ड्सले २५-२५ रन जोडेपछि नेदरल्यान्ड्स केही सम्हलिएको थियो ।

विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ खेलमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई जितको लागि १ सय ९० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८९ रन जोड्यो। नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। त्यसबाहेक सन्दीप लामिछाने र ललित नारायण राजवंशीले २-२ तथा शक्ति गौचनले १ विकेट हात पारे। नेदरल्यान्ड्सका बास डे लिडले ३९ तथा म्याक्स ओ डाउडले २८ रनको योगदान दिए।

रोलफ भान डर मर्व र स्कट एडवार्ड्सले २५-२५ रन जोडेपछि नेदरल्यान्ड्स केही सम्हलिएको थियो। अन्त्यतिर पिटर सिलार र सेन स्नेटर २३-२३ रन जोड्दै टोलीको योगफल उकासे।

नेपालले बिहीबार अघिल्लो खेलमा पपुवा न्यु गिनीलाई प्ले–अफमा ६ विकेटले पराजित गरेको थियो। त्यँही दिन नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले वानडे अन्तर्राष्ट्रिय मान्यता पाउने निश्चित भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles