34.9 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

विश्वकप छनोट–नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौँ, चैत २ गते ।

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले सातौ स्थानका लागि शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।

जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौ स्थानको लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको हो ।

एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् । शनिबार नै नवौँ स्थानका लागि हङकङ र पपुवान्यूगिनी पनि भिड्दैछन् । (रासस)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles