29.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

नेपालद्वारा पीएनजी ६ विकेटले पराजित , नेपाललाई वान-डे अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ , चैत्र १,

नेपालले विश्वकप छनोटको प्लेअफमा पपुवा न्यूगिनी (पीएनजी)लाई ६ विकेटले पराजित गरेको छ । पीएनजीले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको नोक्सानीमा २३ ओभर खेल्दै प्राप्त गरेको हो ।

प्लेअफको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएमा नेपालले वान-डे अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे । ५८ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्का प्रहार गरेका थिए । मध्यक्रममा आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रनको योगदान दिएका थिए ।
त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले २७.२ ओभरमा पीएनजीलाई १ सय १४ रनमा अलआउट गरको थियो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट तथा सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका थिए ।

विश्वकप छनोटको प्लेअफ अन्तर्गत बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वान-डे अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको छ ।

अर्को प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले वान(डे अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको हो ।
नेपालले अब विश्वकप छनोटको सातौं स्थानको खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles