32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

नेपाल र हङकङ भिड्दै, नेपालका लागि हङकङविरुद्धको जित निर्विकल्प

काठमाडौं ,  २८ फागुन –

आइसीसी विश्वकप छनोट खेलका लागि जिम्बाबेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार समूहचरणको अन्तिम खेल खेल्दै छ। जहाँ नेपालका लागि हङकङविरुद्धको जित निर्विकल्प छ। यस्तो भए सुपर सिक्स नेपालको सुुपर सिक्समा पुग्न गणीतीय सम्भावना मात्र बाँकी छ। सुपर सिक्समा स्थान बनाउनु नेपालका लागि असम्भव जस्तै मानिएको छ। तर, खेल भएकाले कुनै चामत्कारिक नतिजा निकाल्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ।

समूहका तीन खेलमा नेपालले तीनै खेल हारेको छ त्यो पनि कमजोर रनरेटमा नेपालको समूहमा हङकङ र अफगानिस्तानको २-२ अंक रहेको छ। सोमबार हुने खेलमा हङकङले जित निकाले मात्र पनि सुपर सिक्समा स्थान बनाउनेछ। तर, नेपाललाई सामान्य जितले मात्र पुग्दैन। रनरेटमा पनि नेपाल निकै पछि रहेको छ। नेपालको रनरेट –१.५४६ रहेको छ भने हङकङको –१.२४६ छ। यस्तै अफगानिस्तानको ०.०३८ छ। तर, हङकङ ई रनरेटले कुनै फरक पार्नेछैन जितेको खण्डमा ४ अंकका साथ सुपर सिक्समा प्रवेश गर्नेछ।

सुपर सिक्समा पुग्नका लागि नेपालले पहिले लक्ष्य दिएमा हङकङविरुद्ध १५० बढी रनस्कोरले नतिजा आफ्नो पक्षमा पार्नुपर्छ त्यो पनि कम ओभरमै समेट्नुपर्ने चुनौती छ। नेपालले हङकङलाई २०० रनको लक्ष्य दिएमा उसलाई ५० रनभित्र समेट्नुपर्ने अवस्था छ। यदि हङकङले नेपाललाई २५० को लक्ष्य दिएमा नेपालले १० देखि १५ ओभरमा जित निकालीसक्नुपर्नेछ जुन नेपालका लागि असम्भवजस्तै छ। यस्तो भए एकदिवसीय मान्यता समूह ‘ए’ बाट युएई सुपर सिक्समा दाबेदार रहेको छ। जसले गर्दा यदि नेपाल हङकङसँग पराजित भएमा सातौ स्थानको प्लेअफसमेत खेल्न पाउने छैन्।

जसले एकदिवसीय मान्यताको लक्ष्य पनि अन्त हुनेछ। किनकि, समूह ‘बी’ बाट हङकङ विजयी भएमा सुपरसिक्समा पुग्नेछ। स्कटल्याण्ड यसअघि नै पुगिसकेको छ। समुह ‘ए’ बाट युएई सुपर सिक्समा पुगेमा घाटा नेपाललाई नै हुनेछ। स्कटल्याण्डजस्तै युएई र हङकङले पनि सुपरसिक्समा स्थान बनाए भने यो बाटो सबैका लागि बन्द हुनेछ। यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौँ हुने टिमले एकदिवसीय मान्यता पाउनेछ। सुपर सिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ।

समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौँ र समूह ‘बी’मा चौथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन्। दुवै खेल जित्ने टोलीले सातौं स्थानका लागि खेल्नेछन, भने हार्ने दुईले नवौं स्थानका लागि प्रतिस्‍पर्धा गर्नेछन्। अहिलेको समीकरणलाई मान्ने हो भने नेपालले हङकङलाई सामान्य अन्तरले जिते मात्रै पनि पहिलो प्लेअफमा नेपालले नेदरल्यान्ड्ससँग भिड्नेछ। नेदरल्यान्ड्सलाई हराए मात्र नेपालले एकदिवसीय खेलको निर्णायक खेलमा प्रतिस्पर्धा गर्नेछ। जुन खेल हङकङ वा पपुवान्युगिनीमध्ये एकसँग हुन सक्नेछ। त्यसैले नेपालले एकदिवसीय मान्यता पाउन अब लगातार ३ खेल जित्नुपर्ने बाध्यता रहेको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles