33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

विश्वकप क्रिकेट छनोट: नेपाल र स्कटल्याण्ड भिड्दै, अहिले सम्मकोअंक तालिका सहित

काठमाडौँ, २४ फागुन –

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।

जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन ।

चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो । यही फागुन २० गते भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको थियो ।

स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ ।

समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बावे रनरेटको आधारमा दोस्रो स्थानमा छ । दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एक÷एक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । दुवै टोली अंकविहीन छन् ।

अंक तालिका श्रोत: ESPN CricInfo

Group A

TEAM M W L T N/R PT NRR FOR AGAINST
1Ireland 2 2 0 0 0 4 1.093 479/90.1 384/91.0
2West Indies 1 1 0 0 0 2 1.200 357/50.0 297/50.0
3United Arab Emirates 2 1 1 0 0 2 -0.051 466/78.0 470/78.0
4Papua New Guinea 2 0 2 0 0 0 -0.800 348/78.0 406/77.1
5Netherlands 1 0 1 0 0 0 -2.268 149/41.0 242/41.0

Group B

TEAM M W L T N/R PT NRR FOR AGAINST
1Scotland 2 2 0 0 0 4 1.453 348/70.5 346/100.0
2Zimbabwe 2 2 0 0 0 4 1.180 576/100.0 458/100.0
3Afghanistan 2 0 2 0 0 0 -0.154 449/100.0 452/97.2
4Hong Kong 1 0 1 0 0 0 -2.095 91/50.0 92/23.3
5Nepal 1 0 1 0 0 0 -2.320 264/50.0 380/50.0

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles